Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको झ्याँकु घट्ना प्रकरण : युवकको हत्या गरिएको प्रहरीको निष्कर्ष

चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुमा तीन साता अघि मृत फेला परेका युवकको हत्या भएको प्रहरीले जनाएको छ । घट्नाबारे अनुन्धानपछि जिल्ला प्रहरी कार्यालय दोलखाले आाज पत्रकार सम्मेलनको आयोजना गरी युवकको कर्तव्य गरी हत्या गरिएको जानकारी दिएको हो ।

प्रहरी नायव उपरीक्षक –डिएसपी गंगा पौडेलले युवकको कर्तव्य गरी हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको जानकारी दिए । स्थानीय निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार रहेका दिलबहादुर बस्नेतको छोरा २४ वर्षीय यान बहादुर बस्नेत तीत साता अघि मृत फेला परेका थिए ।

प्रहरीका अनुसार मदिरा सेवन गरी युवतीको घर प्रवेश गरी भगाउन खोज्दा केटीको प्रतिकारका क्रममा यवकको मृत्यु भएको हो । युवतीले प्रतिकार गर्ने क्रममा घाँटी अठ्याउँदा युवकको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको  छ । घट्नामा संलग्न भएको अभियोगमा पक्राउ परेका युवतीको परिवारका ६ जना र अर्का एक जना छिमेकीलाई अनुसन्धान सकाएर प्रहरीले केहीदिनमा अदालत पेश गर्दैछ । 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update