Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बागमती प्रदेशका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि, २ हजार महंगी भत्ता

हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेश मातहतमा रहेका कर्मचारीहरुको तलव बढाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश निजामती कर्मचारीहरुको तलब पनि संघीय निजामती कर्मचारी सरह १५ प्रतिशतले तलब वृद्धि गरेको घोषणा गरे ।

आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री जम्मकट्टेलले प्रदेश निजामती कर्मचारी र करारमा कार्यरत कर्मचारीलाई २०७९ साउन १ गतेबाट लागु हुनेगरी मासिक २ हजार महंगी भत्ता दिने घोषणा गरेका हुन् ।

यस्तै बागमती प्रदेशका कर्मचारीहरुको १० लाखको सामूहिक बीमाको लागि प्रिमियम वापतको बजेट पनि छुट्याइएको बजेटमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update