हेटौंडा - दोलखाको लामाबगर हुँदै चीनको सिमा जोड्ने सडक निर्माण तथा स्तरोन्नतीका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । चिनिया सिमानातर्फको भूगोलमध्ये सबैभन्दा सुरक्षित र छरितो मानिएको यो सडकको लागि प्रदेश सरकारले बजेटमार्फत १० करोड छुट्याईएको प्रदेश अर्थमन्त्री शालिकराम जमरकट्टेलले जानकारी दिए ।
लामावगर लप्ची मार्ग अन्तर्गत हाल खोलिएको ट्याक स्तरोन्नतीमा उक्त बजेट खर्च हुने जनाईएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको एक अध्ययनले नाका खुलाउन करिब डेढ अर्ब लाग्ने देखाएको छ ।
लामाबगर नाका खुलाएर दोलखा हुँदै रामेछाप, सिन्धुली बर्दिबास र भिटामोडसम्म जोडेर लामाबगर सितामढी चल्ने उत्तर दक्षिण जोडिने प्रमुख मार्गका रुपमा यो सडकलाई विकास गर्ने सरकारको योजना छ । तर लामो समयदेखि सरकारको यो योजना अलपत्र अवस्थामा छ ।