Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जिरी ताल निर्माण कार्य अघि बढ्ने, प्रदेश सरकारद्धारा १५ करोड बजेट विनियोजन

चरिकोट - आगामी आर्थिक वर्षदेखि दोलखाको पर्यटकिय नगरी जिरी स्थित जिरी ताल निर्माण कार्य अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकारले ताल निर्माणका लागि १५ करोड बजेट विनियोजन गरेपछि ताल निर्माण अघि बढ्ने भएको हो ।

प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि सार्वजानिक गरेको बजेटमा जिरीको मानव निर्मित तालका निर्माणका लागि १५ करोड बजेट विनियोजन गरिएको छ । यसअघि पर्याप्त बजेटको अभावमा जिरी ताल निर्माण कार्य अन्यौलमा थियो । उक्त ताल करिव ६० करोड लागतमा निर्माण गर्न सकिने प्रारम्भिक अनुमान छ ।

जिरी एयरपोर्ट भन्दा केहि तल जिरी खोलाालाई थुनेर करिव डेढ किलोमिटर लामो र औषतमा १०० मिटर चौडा कृतिम ताल बनाउने गरी डिपीआर तयार पारिएको छ । जिरी नगरपालिकाले तालको निर्माणलाई नगरको गौरवको योजनामा राखेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update