Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विवाह गर्ने उमेरहद घटाउने सरकारको तयारी

काठमाण्डौं - सरकारले विवाह गर्ने उमेरहद संशोधन गर्ने भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी) ले बुधबारको संसद बैठकमा विवाह गर्ने उमेर संशोधन प्रक्रिया अघि बढेको जानकारी दिए ।

संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदै  मन्त्री कोइरालाले २० वर्ष पुगेर मात्रै विवाह गर्ने कानुन व्यवहारिक नभएकाले संशोधन गर्न लागिएको बताए । ‘१६ वर्षमा नागरिकता पाइन्छ । १८ वर्षमा मतदान गर्न पाइन्छ । बिहे गर्न २० वर्ष पुग्नुपर्छ यो व्यावहारिक भएन’, मन्त्री कोइरालाले भने,।

हालको उमेरहदले अपराध बढाउने काम भइरहेकोले यसमा पुनरावलोकन गर्नुपर्ने उनको तर्क छ । मन्त्री कोइरालाले विवाह गर्ने उमेर बढी राख्दा बालविवाहका नाममा आपराधिक घटना बढ्दै गएको जिकिर गरे।

उनले विवाह गर्ने उमेर कति वर्ष कायम गर्ने भन्ने विषयमा केही खुलाएनन् । मुलुकी ऐनलाई विस्थापित गरी बनेको देवानी संहितामा २० वर्ष उमेर पुगेपछि मात्रै बिवाह गर्ने व्यवस्था गरेको छ । सो भन्दा कम उमेरमा बिवाह वालविवाह हुने भएका कारण गैरकानुनी मानिन्छ । 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update