चरिकोट – जिल्ला समन्वय समिति दोलखामा सत्तारुढ गठबन्धन बिजयी भएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएका हुन् ।
कुल १८ मतमा गठबन्धनका प्रमुख र उपप्रमुखले ११ मत प्राप्त गर्दा उनीहरुका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७/७ मत प्राप्त गरेका छन् । हालका पदाधिकारी तथा सदस्यको कार्यकाल सकिएसँगै जिसस प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि आज निर्वाचन भएको हो । ९ पदका लागि १९ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
यसैगरी ७ सदस्यमा पनि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । विजयी हुने सदस्यहरुमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा रहेका छन् ।