काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमणको आशंका गरिएको छ । अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीमा संक्रमणको आशंका गरिएको हो ।
उनीहरुको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पताल स्रोतको भनाई छ ।
उक्त परिवार चैत ५ गते लण्डनबाट नेपाल आएको बताईएको छ । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्ट नै लकडाउन गरी उच्च सतर्कता अपनाईएको उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको प्रहरीले जनाएको छ ।