ओखलढुंगामा वालिका बलात्कार अभियोगमा प्रधानाध्यापक सहित ४ जना पक्राउ
ओखलढुंगा - ओखलढुंगामा बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुँयाल, स्थानीय ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल छन् ।
सिद्धिचरण नगरपालिका ३ स्थित कक्षा ८ मा अध्ययनरत बालिकामाथि फरक समय र स्थानमा पटक पटक बलात्कार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सोमबार प्रहरीकोमा जाहेरी परेको थियो ।
जिल्ला प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र दासले घटना अनुसन्धान अघि बढेको र अभियुक्तहरुलाई म्याद थप प्रक्रियामा लगिएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९ २०:०२
प्रतिक्रिया दिनुहोस्