चरिकोट - दोलखाको बैतेश्वर गाउँपालिकामा दिनदाहाडै एक बृद्धाको सुन लुटपाट भएको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ७ माझीबुस्तीकी ९५ वर्षीया वृद्धा असुली तामाङले कानमा लगाएको सुन लुटिएको हो ।
यहि जेठ २४ गते राती बैतेश्वर गाउँपालिकास्थित बैतेश्वर अस्पतालमा मध्यरातको समयमा नकाव लगाएका व्यक्तिले चोरी गरेका थिए । आज करिब साढे १२ बजेको समयमा तामाङले कानमा लगाएको २ तोला बरावरको सुन चोरी भएको वडा अध्यक्ष मिनकुमार शिवाकोटीले जानकारी दिए ।
घरमा एक्लै रहेको मौकामा आएका दुई जना अज्ञात व्यक्तले वृद्धाको कानमा लगाएको रिङ र गलामा लगाएको एक तोलाको सुनको तिलहरी लुटेर फरार भएका हुन् । कानमा लगाएको रिङ चुड्दा बृद्धाको कान समेत चुडिएको छ ।
लुटपाटमा संलग्न व्यक्तिहरुको पहिचान नभएको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । बैतेश्वर अस्पताल चोरी गर्दै गरेको सिसि क्यामेरा फुटेज सार्वजानिक भएपनि प्रहरीले चोरको अझै पहिचान गर्न सकेको छैन ।