काठमाण्डौं - रामेछाप र सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिसस सिन्धुपाल्चोकको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एकिकृत समाजवादीका उम्मेदवार विजयी भएका हुन् ।
आईतवार भएको निर्वाचनबाट जिसस सिन्धुपाल्चोकको प्रमुखमा नेपाली कांग्रेसका बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा नेकपा एसको तर्फबाट उम्मेदवार बनेका पदमनाथ नेपाल विजयी भएका छन् । प्रमुखमा श्रेष्ठले १३ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत ल्याए । १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा २४ मत छ ।
यस्तै जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा कांग्रेसकै उम्मेदवार चीना खड्का कार्की विजयी भएकी छन् । सम्पन्न निर्वाचनमा कार्की ९ मत ल्याएर जिसस प्रमुखमा विजयी भएकी हुन् । अर्का प्रतिस्पर्धी नेकपा एमालेका तुलप्रसाद कँडेलले ६ मत पाए । जिसस रामेछापको उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रेमसागर थापा १० मत ल्याएर विजयी भए ।