Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम

काठमाण्डौं - युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम देखिएको छ । रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र सङ्घका अनुसार यो सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको छ ।

आक्रमणपछि ज्यान गुमाएकाहरूको शव जम्मा नगरिएको, फोहोर बढेको, पानी तथा खानाबाट हैजा प्रकोपको जोखिम बढेको राष्ट्र सङ्घले जनाएको हो । हैजा दूषित खानेकुरा वा पानीबाट सर्ने गर्छ । शवहरू अझै भग्नावशेषमुनि रहेका र सडेको अवस्थामा रहेका छन् । मारिओपोलमा पहिला पनि हैजा, पखाला र अन्य सङ्क्रामक रोगहरू देखिएको थियो ।

सम्भावित प्रकोपबाट जोगिन सहर बन्द गरिएको रुसी सेनाले नियुक्त गरेका मेयर भादिम बोयचेन्कोले बताएका बीबीसीले जनाएको छ । त्यहाँ आफूहरूको पहुँच सीमित रहेको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
-बीबीसीको सहयोगमा

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update