काठमाण्डौं - मुलुकमा महंगी अचाक्ली बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले सर्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक बर्ष १० महिनामा यस्तो मूल्य वृद्धि ३.६५ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ वैशाखको तुलनामा यस वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मुल्य २४.८६ प्रतिशतले बढेको छ ।
यस्तै फलफूल १२.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मूल्य वृद्धि ११.३० प्रतिशत छ । दाल तथा गेडागुडीको मूल्य वृद्धि १०.५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्य वृद्धि ९.७० प्रतिशत छ । गैर खाद्य तथा सेवा उपसमूह अन्तर्गत यातायातमा २१.८१ शिक्षामा ११.६४ र मनोरन्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा काठमाण्डौं तथा तराई क्षेत्रमा मूल्य वृद्धि आकासिएको केन्द्रीय बैंकले जनाएको छ ।