Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कैलालीमा ६५ बर्षिय महिलामा देखियो कोरोना संक्रमण

धनगढी नेपालमा थप एक जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । कैलालीको लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको हो।

उनी १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । र्यापिड टेस्ट पछि स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै उनलाई घर पठाईएको.थियो ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update