चरिकोट – दोलखाको सडक पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७९/८० का लागि २५ करोड भन्दा बढी बजेट बिनियोजन भएको छ । केन्द्रीय बजेट अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २५ वटा योजनाहरु रातो कितावमा समावेश गर्दै बजेट छुट्याएको हो । रातो कितावमा समावेश गरिएका २५ वटा योजनाका लागि २५ करोड २० लाख ५४ हजार बजेट बिनियोजन भएको छ ।
जसअनुसार सबैभन्दा बढि मुडे–मेलुङ सडक अन्तर्गत बाघखोर–भैसे–बुद्धचोक–मेलुङ खण्डका लागि ८ करोड, भिट्टामोड–जलेश्वर–वर्दिवास –खुर्कोट मन्थली–तामाकोशी–सिगटी–लामाबगर–लाप्चेगाँउ सडकको भिट्टामोड–जलेश्वर–वर्दिवास खण्डका लागि ४ करोड, सुनखानी–साङवा सडकका लागि १ करोड, मेलुङ सुँगुरेडाँडा दुले भन्ञ्याङ मंसिरे खोला सडकका लागि १ करोड, किरातिछाप दोलखा २१ किलो सडकका लागि १ करोड रुपैयाँ बजेट परेको छ ।
यसैगरी पुष्पलाल मार्ग चनौटे वाँझे झुले जिरी सडकका लागि १ करोड ५० लाख, लामाबगर सुरुङ मार्गको लागि १ करोड, पुम्पा ढुंगे ल्वांसा जट्टापोखरी पाँपोखरी सडकका लागि १ करोड, फुल्फीङ खोला पुल जिरी सिक्री हावा शहरे सडकतर्फ १ करोड, घट्टे खोला पुल मार्वु चंखुका लागि १ करोड, झाक्रे खोला पुल जिरी सिक्री हावा शहरे सडकका लागि १ करोड, जिरीखोला पुल जिरी बजारबाट चिज फ्याक्ट्री जाने बाटोलाई १ करोड बजेट बिनियोजन गरिएको छ ।
यस्तै सिक्रीखोला पुल भिरकोट सडकको लागि २० लाख, लामोसाँघु–जिरी सडक अन्तर्गत जिरी खोला पुलको ललागि १५ लाख, ढाडेखोला शैलुङ्गेश्वरीको लागि २० लाख, चरङ्गे पुल नयाँपुल पवटी डाँडाखर्क सडकको लागि ३० लाखको बजेट रातो कितावमा राखिएको छ ।
भोर्ले खोला पुल तामाकोशी भोर्ले सडकदेखि सुरी सडकका लागि ३० लाख, चर्नवती गाईघाट पुल २१ किलो किरातीछाप सडकको लागि २० लाख, भस्से खोला पुल काब्रे र मुजुवाको लागि २० लाख, शेरा (भाते) खोला पुल जिरी शेराकाप्टी सुरी सडकको लागि ३० लाख, चर्नवती लासाघु जिरी सडकको लागि १९ लाख बजेट रातो कितावमा समावेश गरिएको छ ।
वलकोट पुल अरनिको राजमार्ग झ्याले चरिकोटको लागि १५ लाख, ढोली खोला पुल तामाकोशी मिल्ती सडक भिरकोट झुले चरिकोट सडकको लागि १५ लाख, कुथली खोला पुल दोलखा सिगटी सडकको लागि १५ लाख र कालिदह भिरकोट गैरीमुदी झुले छौडे सडकको लागि २१ लाख ५४ हजार बजेट बिनियोजन गरिएको छ ।
रातो कितावमा योजना र बजेट हेर्नुहोस्