एकिकृत समाजवादीका नेता खनाल भन्छन् : ‘वाम एकता आवश्यक छ’
२० जेठ, काठमाण्डौं - नेकपा (एकीकृत समाजवादी) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकता आवश्यक रहेकोमा जोड दिँदै त्यो मुलुकको आवश्यकता भएको बताएका छन् । मुलुकका लागि वाम एकता आवश्यक रहेपनि वामपन्थी आन्दोलनका मूल नेताहरु नै त्यसको पक्षमा नरहेको उनले टिप्पणी गरे ।
प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने खनालको भनाई छ ।
अर्को एक प्रसंगमा उनले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरूको न्यून उपस्थिति हुनु राम्रो नभएको र संसद्लाई उपेक्षा गरिए परिणाम राम्रो नआउने बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ १८:३१
प्रतिक्रिया दिनुहोस्