१९ जेठ, काठमाडौं - नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको नयाँ मुल्य तय गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०(१० रुपैयाँका दरले घटाउने निर्णय गरेकोहो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्ने जानकारी दिए ।
उनका अनुसार अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको हो । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकासिएको थियो । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।