जिल्ला समन्वय समिति दोलखाले निवर्तमान जनप्रतिनिहिरुलाई बिदाई गर्दैै नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ । जिल्ला समन्वय समितिले सदरमुकाम चरिकोट स्थित आफ्नो सभाकक्षमा पाँच वर्षे कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरुको बिदाई र नयाँ जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना र स्वागत कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जिल्लाका स्थानीय तहमा पाँच वर्षे कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा जिसस प्रमुख डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
कालिञ्चोक गाउँपालिकाका नव निर्वाचित अध्यक्ष अर्जुन प्रसाद शिवाकोटि, भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत लगायतका जनप्रतिनिधिहरुले कार्यक्रममा आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।