Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउँछु, प्रत्येक नागरिकको न्युनतम वार्षिक आम्दानी ४/५ लाख पुर्याउँछु’

चरिकोट - दोलखा गौरीशंकर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंग गुरुङले गौरीशंकर गाउँपालिकाका प्रत्येक नागरिकको न्यूनतम आम्दानी ५ देखि ६ लाख पुर्याउने योजना बनाउने बताउनुभएको छ । भौतिक पुर्वाधार विकासको अधिकांस काम एमालेबाट निर्वाचित जनप्रतिनिधिले पहिलो कार्यकालमै पुरा गरिसकेका कारण अब जनताको जिविकोपार्जन सुधारमा केन्द्रीत भएर अघि बढ्ने उहाँले बताउनुभयो । त्यसका लागि व्यवसायिक र प्रांगारिक कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर दिगो र योजनाबद्ध विकासको स्पष्ट खाका आफुहरुले अघि सारेको उहाँले बताउनुयो ।

रेडियो हिमालीको कार्यक्रम साझा प्रश्नमा कुराकानी गर्दै उम्मेदवार गुरुङले गौरीशंकर गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथकिता रहेको बताउनुभयो र्। प्रशासनिक भवन, सडक, शिक्षा, स्वास्थ्य पुर्वाधार विकासको धेरैजसो काम पुरा भैसकेको छ, बाँकी काम पुरा गर्दै गाउँपालिकालाई समृद्ध बनाउन र जनतालाई सुखी बनाउन पहिलो काम भ्रष्टाचार अन्त्य गर्ने हो, उनले अगाडी भने, त्यसपछि कृषिको प्रांगारिक, व्यवसायी उत्पादन, बजारीकरण मार्फत जनतालाई धनी बनाउने लक्ष्य छ, जग्गाजमिन बाँझो हुँदैन ।’ गौरीशंकरको पर्यटन प्रवद्र्धन र विकास मार्फत धेरै युवाहरुलाई स्वरोजगार बनाउने विशेष योजना रहेको जानकारी पनि उहाँले दिनुभयो ।

एमालेले सबै भेग भुगोल, जाति, क्षेत्र र लैङ्गिक सन्तुलन मिलाएर उम्मेदवारहरुको बलियो टिम बनाएको दाबी गर्दै उहाँले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुसँग ठेक्कापट्टाको स्वार्थबाहेक अरु एजेण्डा नभएको आरोप लगाउनुभयो र्। गाउँमा नबस्ने ठेक्कापट्टा गर्ने मान्छेहरु गठबन्धनबाट उम्मेवार बनेका छन्, एमालेले गरिसकेको काम उनीहरु भर्खर सुरु गर्छौ भनेर नारा दिईरहेका छन्, त्यसैले एमालेको जित निश्चित छ, घोषणा गर्नमात्रै बाँकी हो, उहाँले भन्नुभयो ।’

पार्टीभित्रको बलियो एकता, सबै सन्तुलन मिलेको सँधै भुगोलमा सक्रिय उम्मेदवारहरुको बलियो टिम, पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको लोकप्रिय काम, वलियो संगठन, स्पष्ट एजेण्डाले गौरीशंकरमा एमालेको विजय निश्चित रहेको उहाँको दाबी छ ।

अर्को एक प्रसंगमा उहाँले निर्वाचनमा अप्रिय घट्ना हुन नदिन सहमति गरौं भनेर आफुले गठबन्धनका नेताहरुसँग प्रस्ताव गरेको उल्लेख गर्दै त्यस्तो परिस्थिति ल्याउन खोजिए त्यसको प्रतिवाद हुने र सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो र्। चुनावलाई निष्पक्ष बनाऔं भनेर मैले गठबन्धन देखि स्थानीय प्रशासनलाई भनिसकेको छु, गुरुङले भन्नुभयो, १, २ र ३ नम्बर वडामा बुथ कब्जाको कुरा सुनिँदैछ, त्यसो भयो भने हामी हेरेर बस्दैनौं ।’

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update