Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा शान्तिपुर्ण मतदान नभए स्थानीय प्रशासनले जिम्मा लिनुपर्छ, त्यो कारबाहीको विषय बन्छ’

चरिकोट – नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले दोलखामा शान्तिपुर्ण रुपमा निर्वाचन गराउने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । विगतका निर्वाचनहरुमा दोलखाका कतिपय स्थानमा मतदाताको भोट हाल्ने अधिकार खोसिएको उल्लेख गर्दै उनले यो निर्वाचनमा त्यस्तो अवस्था दोहोरिए मान्य नहुने चेतावनी दिए ।

सदरमुकाम चरिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बैतेश्वरको गैरीमुदी, मिर्गे लगायतका स्थानमा स्वतन्त्र मतदानको वातावरण नबनाईए स्थानीय प्रशासनले जिम्मा लिनुपर्ने र त्यो कारबाहीको विषय हुने चेतावनी दिए र्। यो निर्वाचनका जिल्लाको सबै बुथमा शान्तिपूर्ण मतदानको प्रत्याभुति हुनुपर्दछ, उनले भने, यदि त्यसो भएन भने त्यसको जिम्मा प्रमुख जिल्ला अधिकारी, नेपाली प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले लिनुपर्छर्, हामी त्यसलाई कारबाहीको विषय बनाउँछौं, त्यसको हिसाब किताब एमालेले गर्छ ।’

यो विषयमा स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराईएको भन्दै श्रेष्ठले त्यसलाई गम्भिर रुपमा लिन पनि आग्रह गरे । एमालेले बुलेटमा नभई व्यालेटमा विस्वास गर्ने भन्दै उनले स्वतन्त्र मतदानबाट आउने जस्तोसुकै परिणाम स्वीकार गर्ने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update