Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस दोलखाका पुर्व उपसभापति जो कांग्रेसको तीस वर्षे यात्रा बिट मार्दै एमाले प्रवेश गरे


नेपाली कांग्रेस दोलखाका पुर्व उपसभापति छविलाल तामाङ नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकामा सत्तारुढ गठबन्धनको बागी उम्मेदवार समेत रहेका तामाङ लगायतका नेताहरु आज एमाले प्रवेश गरेका हुन् । सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा एमाले पोलिट व्युरो सदस्य एवं पुर्वमन्त्री पावर्त गुरुङ, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले उनीहरुलाई एमालेमा स्वागत गरे । 

उनी कांग्रेसबाट बैत्यश्वर गाउँपालिकाको अध्यक्षका दाबेदार थिए । तर उनलाई पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेले आफ्ना उपाध्यक्षका उम्मेदवार नविना लामाको उम्मेदवारी फिर्ता लिएर उनको स्वतन्त्र उमेदवारीलाई समर्थन गर्ने जनाएको छ ।

पार्टी प्रवेश गरेसँगै उनले स्वतन्त्र उम्मेदवारी दिएपनि मोक्तान एमालेको आधिकारिक उम्मेदवार बन्ने भएका छन् । एमाले प्रवेश गरेका मोक्तान बैत्यश्वरमा स्वच्छ छवि भएका प्रभावशाली नेताकोरुपमा परिचित छन् । गठबन्धनका नाममा पार्टीले इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने कार्य गरेको भन्दै ३० वर्षे कांग्रेसको यात्रा टुंग्याएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update