Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको सबै स्थानीय तहमा साझा उम्मेदवार उठाउन गठबन्धन असफल, कमजोर बन्दैछ गठबन्धन

चरिकोट - दोलखाको सबै स्थानीयतहमाबलियो तालमेल गर्ने सत्तारुढ गठबनधनमा रहेका दलहरुको प्रयास असफल भएको छ । आकांक्षीहरुको संख्या धेरै हुनुका साथै स्थानीय स्तरमा गठबन्धनबारे असन्तुष्टि चर्किएपछि सबै स्थानमा गठबन्धन हुननसकेको हो । सिट भागबण्डामा जिल्ला नेताहरुको कसरत व्यर्थ भएपछि गठबन्धनको प्रदेश स्तरिय संयन्त्रले भागबण्डा टुंग्याएको थियो ।

जसअनुसार प्रदेश संयन्त्रले कांग्रेसलाई चार, माओवादी केन्द्रलाई ३ र एकिकृत समाजवादीलाई २ स्थानीयतहको प्रमुख पदमा साझा उम्मेदवार उठाउने निर्णय गरेको थियो । तर बैतेश्वर गाउँपालिकामा कांग्रेस र माओवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् भने अन्य केही स्थानीय तहमापनि असन्तुष्टहरुले बागी उम्मेदवारी दिएका छन् ।  वैतेश्वरमा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्षमा एकिकृत समाजवादीले मनोनयन दर्ता गराएपनि माओवादीकै रमेश अधिकारीले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । 

यस्तै जिरी नगरपालिकामा पनि गठबन्धनको निर्णय बिपरित फरक ढंगले उम्मेदवारी दर्ता भएको छ । गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिनुपर्नेमा माओवादी केन्द्रको तर्फबाट बागी उम्मेदवारी परेको छ । यसअघि पनि माओवादी केन्द्रबाट मेयरमा चुनाव लडेर पराजित भएका गेल्वु शेर्पाले प्रमुखमा मनोनयन दर्ता गराएका हुन् । 

जिल्लाका अन्य स्थानीय तहहरुमापनि गठबन्धनप्रति असन्तुष्टि जनाउँदै धेरैले बागीउम्मेदवारी दिँदा गठबन्धन कमजोर बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनको मत बिपरित भागबण्डा गरिएको, पार्टी बलियो भएको स्थानमापनि नेताहरुले अर्को पक्षलाई छाडिदिएको भन्दै कार्यकर्ता पंक्तिमा चर्को असन्तुष्टि छ ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update