Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाण्डौ - सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिनुभयो ।

उहाँका अनुसार हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको लागि कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको छ । यस्तै बैठकले शशस्त्र प्रहरीको शशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डिआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । 

यसैबीच बैठकले स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तुको पैठारीमा पूर्ण ?पमा बन्देज लगाउने निर्णय पनि बैठकले गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, मोबाइल, मोटरसाइकल लगायत १० वस्तुको आयातमा रोक लगाएको हो । विलासी उपभोग्य वस्तु असार मसान्तसम्म आयातमा बन्देज लगाइएको सरकारले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update