चरिकोट – दोलखाका उद्योगी व्यवसायीहरु नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन निर्वाचनमा परिचालित हुने भएका छन् । सदरमुकाम चरिकोटसहित जिल्लाभरका उद्योगी व्यवसायीहरु नेकपा एमाले उद्योग व्यवसाय विभागको नेतृत्वमा निर्वाचनमा खट्ने भएका हुन् । त्यसका लागि ंसदरमुकाम चरिकोटमा मंगलबार बसेको बैठकले व्यवसायी दिनेश बस्नेतको नेतृत्वमा ९९ सदस्यीय व्यवसायी निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको ९ वटै स्थानीय तहमा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन व्यवसायीहरुको निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा एमाले उद्योगी व्यवसायी विभागका सह ईन्चार्ज श्यामसुन्दर शिवाकोटीले जानकारी दिए । बैठकले एमालेका उम्मेदवारहरुको पक्षमा विजयी गराउन मतदाताको घरदैलो पुगेर अनुरोध गर्ने लगायतका सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा एमाले पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, उपप्रमुख कमला बस्नेत लगायतले एमाले उम्मेदवारहरुको पक्षमा सहयोगी भूमिका खेल्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।