चरिकोट – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दोलखामा १४२३ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला स्थित ९ वटा स्थानीय तहमा नेकपा एमाले, सत्तारुढ गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुले आईतवार र सोमवार मनोनयन दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलव्ध गराएको बिवरण अनुसार अध्यक्ष÷प्रमुख पदका लागि ७७ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुख पदमा ४० जनाले मनोनयन दर्ता गराएका हुन् । यसैगरी जिल्लाभरका ७४ वटा वडा अध्यक्षका लागि ३७७ जनाको उम्मेदवारी परेको छ । सदस्यका लागि ४९०, महिला सदस्यमा २३० र दलित महिला सदस्यमा २०९ जनाको उम्मेदवारी परेको छ ।
सबैभन्दा बढी गौरीशंकर गाउँपालिकामा १८३ जनाको मनोनयन दर्ता भएको छ । यसैगरी भीमेश्वर नगरपालिकामा १७०, विगु गाउँपालिकामा १६७, मेलुङ गाउँपालिकामा १६५, तामाकोसी गाउँपालिकामा १४९, कालिञ्चोक गाउँपालिकामा १४८, जिरी नगरपालिकामा १४४, बैतेश्वर गाउँपालिकामा १५० जना र शैलुङ गाउँपालिकामा जम्मा २०९ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गाउँपालिका कालिञ्चोक गाउँपालिकामा प्रमुखमा १० र उपप्रमुखमा ३ जना, गौरीशंकर गाउँपालिकामा प्रमुखमा ८ र उपप्रमुखमा ३, जिरी नगरपालिकामा प्रमुखमा ४ र उपप्रमुखमा ५, तामाकोसी गाउँपालिकामा प्रमुखमा ६ र उपप्रमुखमा ४, भीमेश्वर नगरपालिकामा प्रमुखमा ९ र उपप्रमुखमा ६, मेलुङ गाउँपालिकामा प्रमुखमा ११ र उपप्रमुखमा ६, विगु गाउँपालिकामा प्रमुखमा १२ र उपप्रमुखमा ३, वैतेश्वर गाउँपालिकामा प्रमुखमा ९ जना र उपप्रमुखमा ५ र शैलुङ गाउँपालिकामा प्रमुखमा ८ र उपप्रमुखमा ५ जनाले मनोनयन दर्ता गराएका छन् ।