चरिकोट – दोलखाको बैतेश्वर गाउँपालिकामा सत्तारुढ दलहरुबीचको गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सिट भागबण्डाका विषयमा सहमति हुन नसकेपछि छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसले अध्यक्ष उपाध्यक्षसहित सबै वडामा एकल ढंगले मनोनयन दर्ता गराएको छ भने माओवादी केन्द्रले एकिकृत समाजवादीसँग तालमेल गरेको छ । कांग्रेसबाट अध्यक्षमा छवि लामा र उपाध्यक्षमा कल्पना उप्रेतीले उम्मेदवारी दिएका छन् । अध्यक्षमा माओवादी केन्द्रबाट लक्ष्मण खड्का र उपाध्यक्षमा समाजवादीबाट कल्याण दाहालले मनोनयन दर्ता गराएका हुन् ।
यसअघिको निर्वाचनमा बैतेश्वरमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । कांग्रेसबाट छवि लामा अध्यक्षमा र उपाध्यक्षमा माओवादी केन्द्रबाट रविचन्द्र आचार्य विजयी भएका थिए । यो पटकपनि कांग्रेसले लामालाई उम्मेदवारको रुपमा दोहोर्याएको छ । नेकपा एमालेले अध्यक्षमा माधव घिमिरे र उपाध्यक्षमा नविना लामालाई उम्मेदवारको रुपमा अघि सारेको छ ।