कांग्रेसले जितेको दोलखाको विगु गाउँपालिकापनि माओवादी केन्द्रलाई छोड्यो
चरिकोट – नेपाली कांग्रेसले अघिल्लो स्थानीय तहमा आफुले जितेको स्थानीय तहपनि अरु दललाई छाडिदिएको छ । शनिवार सार्बजानिक गरिएको जिल्लाको स्थानीय तहको भागबण्डामा विगु गाउँपालिका माओवादी केन्द्रको भागमा परेको हो ।
जिल्लामा नेताहरुले भागबण्डा टुंगो लगाउन नसकेपछि गठबन्धनको वाग्मती प्रदेश स्तरिय संयन्त्रले शनिवार उक्त निर्णय लिएको हो । उक्त गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसका युधिष्ठिर खड्का विजयी भएका थिए । कांग्रेस उम्मेदवार भएर उनले ४०२३ मतका साथ विजय प्राप्त गरेका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुन्दर लामिछानेले २५८६ मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकामा कांग्रेसलाई उपप्रमुख दिईएको छ । कांग्रेसबाट उपप्रमुखमा दावासांगे शेर्पाको चर्चा छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९ १०:३३
प्रतिक्रिया दिनुहोस्