Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कांग्रेसका प्रभावशाली नेताहरुको स्थानीय तहनै एकिकृत समाजवादीलाई जिम्मा

चरिकोट – नेपाली कांग्रेसले दोलखामा पार्टीका केन्द्रीय सदस्य र जिल्ला सभापतिको स्थानीय तहनै अन्य दललाई जिम्मा दिएको छ । केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको गृहगाउँ तामाकोसी गाउँपालिका र जिल्ला सभापति बर्मा लामाको मेलुङ गाउँपालिका दुबै एकिकृत समाजवादीलाई दिईएको हो ।

उनीहरु पछिल्लो समय पार्टी राजनीतिमा उदायका प्रभावशाली नेता हुन् । सत्तारुढ गठबन्धनको प्रदेश स्तरिय संयन्त्रले गरेको भागबण्डामा ती दुबै गाउँपालिकाको प्रमुख छाडेर कांग्रेसले उपप्रमुख पद लिएको छ । मेलुङ गाउँपालिका कांग्रेस दोलखाका अर्का प्रभावशाली नेता तारा बहादुर कोईरालाको समेत गृहगाउँपालिका हो । 

पार्टीको महत्वपुर्ण जिम्मेवारीमा रहेका नेताहरुकै स्थानीय तह अन्य दलको भागमा पर्नुलाई धेरैले उनीहरुको कमजोरीको रुपमा अथ्र्याएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा यी दुबै स्थानीय तहमा नेकपा एमाले विजयी भएको थियो । तर प्रमुख प्रतिस्पर्धीको रुपमा कांग्रेस देखिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update