चरिकोट – दोलखाको तीन स्थानीय तहमा माओवादी केन्द्रले सबै मुख्य पदहरु गुमााएको छ । सत्तारुढ गठबन्धनको प्रदेश स्तरिय संयन्त्रले टुंग्याएको भागबण्डा अनुसार माओवादी केन्द्रले जिल्लाको भीमेश्वर नगरपालिका, मेलुङ र तामाकोसी गाउँपालिकाको शुन्य सिट पाएको हो ।
भागबण्डा अनुसार उसले ती स्थानीय तहमा अब प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिन पाउने छैन । तीन वटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र एकिकृत समाजवादी पार्टीले भागबण्डा पाएका हुन् । जस अनुसार भीमेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एकिकृत समाजवादी, मेलुङको प्रमुखमा एकिकृत समाजवादी र उपप्रमुखमा नेपाली कांग्रेस, तामाकोसीको प्रमुखमा एकिकृत समाजवादी र उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
भीमेश्वरको प्रमुखमा ईश्वर मानन्धन र उपप्रमुखमा संगिता पाख्रिनको चर्चा छ । यसैगरी तामाकोसीको प्रमुखमा प्रोणप्रताप केसी र मेलुङको प्रमुखमा रविन्द्र कार्कीको चर्चा छ ।