वैशाख ३ गतेसम्म लम्बियो लकडाउन
काठमाडौँ — सरकारले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
कोभिड १९ ९कोरोना भाइरस० संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता ९चैत २५ सम्म लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो ।
मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६ १६:२१
प्रतिक्रिया दिनुहोस्