चरिकोट – सत्तारुढ गठबन्धन जिल्लामा सहमति जुटाउन असफल भएपछि दोलखाको स्थानीय तहको भागबण्डा प्रदेशले टुंगो लगाएको छ । शुक्रबार बसेको बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाएको हो ।
यसअघि पटक पटक बसेको दोलखाको ५ दलीय गठबन्धन संयन्त्रको बैठकले भागबण्डाको विषयमा ठोस निर्णय लिन नसकेपछि सो विवाद प्रदेशस्तरीय संयन्त्रमा पुगेको थियो । जस अनुसार कांग्रेस बहुमत सिट गुमाएर माओवादी केन्द्र र एकिकृत समाजवादीलाई सुम्पिन तयार भएको छ ।
गठबन्धन संयन्त्रको बैठकपछि जारी गरिएको बिज्ञप्ती अनुसार दोलखामा नेपाली कांग्रेस ४, माओवादी केन्द्र ३ र एकिकृत समाजवादीलाई २ वटा स्थानीय तहको प्रमुख दिईएको छ । जिल्लाको दुई नगरपालिका मध्ये भीमेश्वर कांग्रेसले र जिरी नगरपालिका माओवादीले लिएको छ ।
यस्तो छ दोलखाको पालिका अनुसारको भागबण्डा :
१. जिरी नगरपालिका
प्रमुखः नेपाली काँग्रेस
उपप्रमुखः माओवादी केन्द्र
२. कालिन्चोक गाउँपालिका
अध्यक्षः नेपाली काँग्रेस
उपाध्यक्षः माओवादी केन्द्र
३. गौरीशकर गाउपालिका
अध्यक्षः माओवादी केन्द्र
उपाध्यक्ष नेपाली काँग्रेस
४. तामाकोशी गाउँपालिका
अध्यक्षः एकीकृत समाजवादी
उपाध्यक्ष नेपाली काँग्रेस
५ बैतेश्वर गाउँपालिका
अध्यक्षः नेपाली काँग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
६ शैलुङ गाउपालिका
अध्यक्षः नेकपा९माओवादी केन्द्र
उपाध्यक्षः नेपाली काँग्रेस
७ मेलुङ गाउँपालिका
अध्यक्षः एकीकृत समाजवादी
उपाध्यक्ष नेपाली काँग्रेस
८. विगु गाउँपालिका
अध्यक्ष नेकपा माओवादी केन्द्र
उपाध्यक्ष नेपाली काँग्रेस
९. भिमेश्वर नगरपालिका
प्रमुखः नेपाली काँग्रेस
उपप्रमुखः एकीकृत समाजवादी
जिल्ला समन्वय समिति प्रमुख( नेकपा माओवादी केन्द्र उप(प्रमुख( एकीकृत समाजवादी
सदस्य सम्पुर्ण ः नेपाली काँग्रेस