Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चीनियाँ राजदुतको विस्वास : रेल सपनामा नभएर यथार्थमै नेपाल आउँछ,

काठमाडौँ - नेपाल लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल चीन सीमापार रेल सेवाको योजना पुरा हुने विस्वास व्यक्ति गरेकी छन् । रेल नेपाल आउने कुरा सपना नभएर यथार्थ भएको उनले बताईन् । राजदुत यान्छीले अहिले सम्भाव्यताको अध्ययन रहेको सीमापार रेल वैज्ञानिक रुपमा सम्भव हुनुपर्ने बताइन् ।

योजनाहरु सहज रुपमा गए ५/६ वर्षमा सीमापार रेल सञ्चालन हुने उनको दाबी छ । अहिले सीमापार रेलको विषय वैज्ञानिक सम्भाव्यताकै चरणमा रहेको भन्दै राजदूत होउले रेल जस्तो ठूलो लगानी विषयमा गर्दा नीतिगत स्थायित्व आवश्यक पर्ने बताएकी छन् ।

‘रेल लिंकको विषयमा वैज्ञानिक सम्भाव्यता अध्ययन हुनुपर्छ । म कूटनीतिज्ञ हुँ । त्यस विषयमा विज्ञ होइन । सम्भाव्यता अध्ययन विज्ञहरुले गरिरहेका छन्,’ होउले भनिन्, ‘सबै विषय सहज रुपमा गए अध्ययनको विषयमा ५/६ वर्षमा सम्पन्न हुनेछ ।’

कुनै दिन एक अर्कासँग सीमापार रेल हुने बताउँदै उनले यसका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताइन् । यो ठूलो लगानीको विषय भएको र हिमाली क्षेत्रको वातावरणको विषयमा पनि प्रमुख चासो रहेको बताइन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update