Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘दोलखामा एमाले बलियो छ, त्यसैले गठबन्धन नगरी हुन्न’

चरिकोट – नेपाली कांग्रेसका नेता एवं दोलखाका पुर्व सभापति रुद्र बहादुर खड्काले जिल्लामा एमाले बलियो रहेकाले गठबन्धनको विकल्प नभएको बताएका छन् । दोलखामा बलियो एमालेलाई परास्त गर्न र केन्द्रको निर्देशन कार्यान्वयन गर्न पनि गठबन्धन अपरिहार्य रहेको उनले बताए ।

रेडियो हिमालीको कार्यक्रम साझा प्रश्नमा कुराकानी गर्दै नेता खड्काले जिल्लामा कांग्रेस सँधै पराजित हुनुपर्ने अवस्थाको यो निर्वाचनमा अन्त्य हुने दाबी गरे । ‘२०४९ मा जिल्ला विकास समिति र ५१ मा एउटा सिट बाहेक कांग्रेस सँधै सत्ता बाहिर बस्नुपरेको छ, खड्काले भने ‘दोलखामा एमाले बलियो रहेको कुरा सत्य हो, विभिन्न तरिकाबाट एमाले जनताको जनमत लिन सफल भएको छ, गठबन्धन यो पटक त्यो चिर्नेगरी अघि बढ्छ ।’

गठबन्धनभित्र दलहरुबीच स्थान र प्राप्त गर्ने संख्या टुंगो लगाउने गृहकार्य जारी रहेको र त्यसलाई व्यबस्थित रुपमा टुंगो लगाउने जानकारी पनि उनले दिए ।  

लामो समयदेखि जिल्लामा जरो गाडेर बसेको एमालेलाई पराजित गर्नेगरी गठबन्धन हुने खड्काको जिकिर छ । नेताहरुबीच गठबन्धन हुदा जनताको मतपनि त्यसरी नै व्यक्त होला ? भन्ने प्रश्नमा उनले अघिल्लो निर्वाचनबाटै त्यस्तो अभ्यास सुरु भएकाले समस्या नहुने बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update