Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमालेले दोलखामा सर्बसम्मत रुपमा टुुंग्यायो उम्मेदवार, अधिकांस नयाँ अनुहार

चरिकोट – नेकपा एमाले दोलखाले जिल्ला स्थित ९ ओटै स्थानीय तहको उम्मेदवार सर्बसम्मत रुपमा टुङ्गो लगाएको छ । एमालेले जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नामावली बुधबार सदरमुकाम चरिकोटमा सार्बजानिक गरेको हो ।

एमालेले टुंगो लगाएको उम्मेदवारहरुमा भीमेश्वर नगरपालिकाबाहेक सबै स्थानीय तहमा नयाँ अनुसार छन् । भीमेश्वरमा हालका मेयर भरत केसी र उपमेयर कमला बस्नेतलाई पुन दोहोर्याउने एमालेको निर्णय छ । जिरी नगरपालिकामा प्रमुखमा मित्र जिरेललाई अघि सारिएको छ । उपमेयरमा कृष्णमाया बुढाथोकी दोहोर्याईएको छ ।

शैलुङ गाउँपालिकामा प्रमुखमा धनबहादुर तामाङ र पार्वती कार्की थापा उपाध्यक्ष उम्मेदवार बनेका छन् । यसैगरी मेलुङ गाउँपालिकामा पार्टीका जिल्ला सचिव हिरा थोकर अध्यक्ष र गायत्री आचार्य उपाध्यक्ष, कालिञ्चोक गाउँपालिकामा गणेश शिवाकोटी अध्यक्ष र कविता थामी उपाध्यक्ष, विगु गाउँपालिकामा अचुतम केसी अध्यक्ष र देविका थामीलाई उपाध्यक्षको रुपमा अघि सारिएको छ ।

यस्तै गौरीशंकर गाउँपालिकाको अध्यक्षमा जंग गुरुङ र मुना शिवाकोटीलाई उपाध्यक्ष, वैतेश्वर गाउँपालिकामा माधव प्रसाद घिमिरेले अध्यक्ष र नविना लामालाई उपाध्यक्ष, र तामाकोसी गाउँपालिकामा अभिषेक सुवेदीलाई अध्यक्ष अम्बिका पोखरेललाई उपाध्यक्ष पदमा अघि सार्ने सर्बसम्मत निर्णय गरिएको जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले मनोनयन दर्ताको मिति यही वैशाख ११ र १२ गतेलाई तोकेको छ । त्यसको केही दिन अघि नै एमालेले उम्मेदवार टुंगो लगाएको हो । सत्तारुढ गठबन्धनका दलहरुले भने छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेपनि संयुक्त उम्मेदवार टुंगो लगाईसकेका छैनन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update