चरिकोट – दोलखाको सदरमुकाम चरिकोटमा आयोजित अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि कालिन्चोक गाउपालिकाले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बैतेश्वर गाउपालिकालाई पराजित गर्दै कालिन्चोक गाउँपालिका उपाधी जित्न सफल भएको हो । उपाधि हात पार्ने टोलिले ४० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
कालिञ्चोकसंग पराजय भएपछि बैतेश्वर गाउँपालिकाले द्धितीय स्थानमै चित्त बुझाएको छ । प्रतियोगितामा भीमेश्वर नगरपालिकाले तृतिय स्थान हासिल गरेको छ । प्रतियोगितामा द्धितीय हुने टोलीले ३० हजार र तृतिय हुने टोलिले २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन ।
यसैगरी प्रतियोगिताको बेष्ट प्लेयर अपिल मोक्तान, बेष्ट लिफ्टर नविन खडका,बेष्ट डिफेन्डर महेश खाती र बेष्ट स्पाइकर बालकृष्ण खडका घोषित भएका छन । विजेता टोलि र खेलाडिह?लाई जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठ लगाएतका अतिथिह?ले आईतवार आयोजित समापन कार्यक्रमकाबीच नगद पुरस्कार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरे । शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको उक्त खेलमा ८ वटा नगर तथा गाउँपालिकाह?ले सहभागिता जनाएका थिए ।