Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्वाचनको मिति सारे दुर्घट्ना : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामि बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिए ।

शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रती संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको बताए ।

कुनै तरिकाले निर्वाचन सार्ने काम गरिए दुर्घटना निम्तिन सक्ने र लोकतन्त्रका निम्ति अप्रिय हुन सक्ने उनको भनाइ छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताउँदै उनले आचारसंहितको उल्लंघन नगर्न आग्रह गरे । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update