Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोस्रो कार्यकालका लागि भीमेश्वर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने केसीको घोषणा

चरिकोट – भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले वैशाख ३० गते हुने निर्वाचनमा दोस्रो कार्यकालका लागि नगरप्रमुखमा उम्मेदवारी घोषणा गरेका छन् । थुप्रै चुनौतीका बावजुत आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै केसीले समृद्ध भीमेश्वरको अधुरा काम पुरा गर्न नगरप्रमुखमा दोहोरिने बताएका हुन् ।

‘मैले परिकल्पना गरेको समृद्ध भीमेश्वरको महत्वपुर्ण भिजनहरु पुरा गर्नुछ, ‘त्यसलाई पुर्ण गर्न आफु नगर प्रमुखको रुपमा दोहोरिन आवश्यक छ, रेडियो हिमालीको कार्यक्रम साझा प्रश्नमा कुराकानी गर्दै केसीले भने ।’

नगरपालिकामा नेकपा एकिकृत समाजवादीको प्रभाव नरहेको, पार्टी एकिकरणपछि नेकपा माओवादी केन्द्रको सिंगो कमिटि एमालेमै रहेको, नगरपालिकामा जनप्रतिनिधिले गरेको लोकप्रिय कामका कारण एमालेको संगठन र जनाधार नगरपालिकामा थप बलियो भएको उनको तर्क छ । 

आफुले पाँच वर्षे कार्यकालमा गरेको काम, संगठन निर्माणमा खेलेको भूमिका लगायतका कारण आफ्नो जित निश्चित रहेकाले पार्टीले जित्ने व्यक्तिलाई उम्मेदवार दिने उनले बताए । ‘पार्टीले चुनाव जित्ने उम्मेदवारलाई टिकट दिने हो, त्यो व्यक्ति म हुँ भन्ने मेरो दाबी छ, सबै कुरालाई मुल्यांकन गरेर पार्टीले टिकट दिन्छ भन्ने आषा र विस्वास छ ।’

नेकपा एमाले वाग्मती प्रदेशका नेता समेत रहेका केसीले पहिलो पाँच वर्षे कार्यकालमा शुन्यबाट काम सुरु गरेर पनि नगरको समृद्धिमा दिर्घकालिन रुपमा सहयोग पुग्ने विकासे परियोजनाहरु अघि बढाएको बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update