काठमाडौं - नेपाल राष्ट्र बैंकको गभर्नरका लागि कामु गभर्नर सहित ३ जनाको नाम सिफारिस गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसँगै डा. राजन खनाल र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।
सिफारिस गरिएका तीन जना मध्येबाट एकजनालाई मन्त्रीपरिषदको बैठकले गभर्नरका रुपमा नियुक्ति गर्नेछ । गभर्नर नियुक्तिका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले रुची देखाए आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।
सिवकोटी राष्ट्र बैंकको कामु गभर्नर हुन् भने खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् । अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन्न् । अर्थमन्त्री खतिवडा संयोजक रहेको सिफारिस समितिको सदस्यहरुमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई छन् ।