Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जडिबुटीको अबैध कारोवार गरेको अभियोगमा गौरीशंकर र विगुका ३ जना पक्राउ

चरिकोट – दोलखाको उत्तरी क्षेत्रबाट दुर्लभ जडिबुटी सुनाखरीको अबैध कारोवार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका वडा नम्बर १, जुँगुका २७ वर्षिय दिपेन्द्र खड्का, सोही गाउँपालिका वडा नम्बर ४ का ४४ वर्षिय नारायण बहादुर कार्की र विगु गाउँपालिका वडा नम्बर ५ का ५६ वर्षिय नर बहादुर श्रेष्ठ रहेका छन् ।

प्रहरी चौकी खरिढुंगामा बा ३ ख ९१८३ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा डिकीभित्र ८ केजी ५० ग्राम सुनाखरी भेटिएपछि उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका खड्का गाडी धनी र कार्की चालक हुन् भने श्रेष्ठ जडिबुटी गाडीमा राखी पठाउने व्यक्ति हुन् ।

बरामद गरिएको जुडिबुटी, नियन्त्रणमा लिईएको बस र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय दोलखा बुझाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोईरालाले जानकारी दिए ।  

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update