Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
शिवाकोटी उद्योग व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित

काठमाडौं - नेकपा एमालेसँग आबद्ध नेपाल राष्ट्रिय उद्योगी व्यवसायी महासंघको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । काठमाण्डौंमा बिहिवार सम्पन्न महासंघको दोस्रो महाधिवेशनले सांसद एलपी साँवाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिमा १५ पदाधिकारीसहित २९९ सदस्य रहेका छन् । 

महाधिवेशनले उपाध्यक्षमा रामबहादुर गुरुङसँगै वालकृष्ण शिवाकोटी, डिबी बस्नेत, डेकनाथ गौतम, सिएन पाण्डे, सुर्यबहादुर थापा र डा. तिलचन्द्र भट्टराईलाई चयन गरेको छ । उपाध्यक्षमा निर्वाचित शिवाकोटी र बस्नेत दोलखा जिल्लाबासी हुन् । सफल उद्यमी शिवाकोटीले लगानी बोर्डको सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् भने एमाले वाग्मती प्रदेश कमिटिको जिम्मेवारीमा समेत छन् । 

यसैगरी महाधिवेशनले महासचिवमा भागिरथ सापकोटा, उपमहासचिवमा सुवर्ण श्रेष्ठ, मिनबहादुर तामाङ, कोषाध्यक्षमा मोहन डाँगी र सचिवहरुमा रघु पुरी, केदारवहादुर बस्नेत, मोति ज्ञवाली, बलराम भट्टराई, खड्गबहादुर खत्रीलाई निर्वाचित गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update