Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

गौरीशंकर - माओवादी केन्द्रका तत्कालिन नेता निमा लामाले पार्टीकै नेताहरुले षड्यन्त्र गरेर आफुलाई चुनावमा हराएको बताएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका लामाले आफ्नो भान्जाको सुनियोजित हत्या गरेर पार्टीकै नेताहरुले हराएको खुलासा गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचन प्रचारका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुमा ३३ वर्षिय युवक कुल बहादुर तामाङको हत्या भएको थियो । “घट्नाको वास्तविकता बुझ्दै जाँदा थाहो भयो, आफ्नै भान्जाको हत्या गरेर मामालाई हराउने षड्यन्त्र अन्तर्गत घट्ना घटाईएको रहेछ, ‘मंगलबार गौरीशंकर गाउँपालिकाको सुरीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने ।’

पार्टीको जिल्ला नेतृत्वसँग बुझ्दा बिप्लव समुह आएर पेस्तोल पड्काएर मारेको झुट र गैरजिम्मेवार जवाफ दिएको उनको भनाई छ । खुकुरी प्रहार गरिएका अर्का गम्भिर घाईते नमर्नु तर लडाएर ईट्टा मुखमा खाँदेर लडाईएका कुलबहादुरलाई गोली लागेको भन्नु सरासर झुट भएको उनले बताए । उक्त हत्याकाण्डपछि माओवादी उम्मेदवारले निर्वाचन हारेको धेरैको विश्लेषण छ । 

नेताहरुले आफुलाई गाउँपालिकाको टिकट दिन अनिच्छा देखाएतर्फ संकेत गर्दै उनले बाध्य भएर अन्तिम अबस्थामा मात्रै टिकट दिईएको बताए ।

हत्याबारे उनको धारणा उनकै शब्दमा 
मेरै आफ्नो भान्जो कुल बहादुर तामाङको हत्या गरियो । भान्जोलाई मारेर मामा हराईयो । त्यो चुनाव हारेपछि घट्नाको वास्तविकता के हो भनेर घट्नामा संलग्न माओवादी साथीहरुसँग छलफल गरँे । यदि माओवादी नेतृत्वले चाहेको भए निमाले चुनाव जित्थ्यो । र कुल बहादुर तामाङपनि वाँच्थ्यो । यो भित्रको खेल के हो ? म जान्दिन ।

९९ प्रतिशत मर्छ भन्ने दिल बहादुर तामाङ काठमाण्डौं लगेपछि बाँच्यो । तर केहीपनि नभएको कुल बहादुरलाई हत्या गरियो । सुनियोजित छ भनेपछि मैले बहस छलफल गरेँ । तर पार्टीको जिल्ला नेतृत्वले बिप्लव आएर पेस्तोल पड्काएर मार्यो भन्यो । खुकुरी हानेर घाईते भएको मान्छे काठमाण्डौं गएर वाँच्या छ । गोली नलागेको लडाएर ईट्टा मुखमा खाँदेको कुल बहादुर तामाङ भान्जा मार्या छ । कसैले पत्याउँछ, गोली लागेर मर्यो भनेर ? त्यसैले यो झुटको खेल, कार्यकर्ताको आँखामा छारो हाल्ने खेल, हामीले लामो समय भोगिरह्यौँ । 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update