मतदाताको अन्तिम नामावली सार्वजानिक, संख्या १ करोड ७७ लाख ३३ हजार ७२३
काठमाडौँ -आगामी निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले सहभागिता जनाउन पाउने भएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको थियो ।
आयोगको आइतबार बसेको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो । जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता रहेका छन् ।
अन्यमा १८३ जना मतदाता छन् । मतदाता नामावली बिवरण अनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ १९:११
प्रतिक्रिया दिनुहोस्