Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तामाकोसी नदीमा पानीको बहावमा उत्तरचढाव आउनसक्ने, सतर्क रहन आग्रह

चरिकोट - माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले नदीमा पानीको बहावमा उत्तरचढाव आउनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।  नदीमा पानीको बहावमा उत्तरचढाव आउने भएपछि तामाकोशी जलविद्युत आयोजनाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

आयोजनाले तामाकोशी जलविद्युत् केन्द्रबाट प्रत्येक वर्ष सुक्खा याममा मंसिरदेखि जेठ महिनासम्ममा विहान ५ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि राति १० बजेसम्ममा राष्ट्रिय विद्युत् प्रणालीको आवश्यकताअनुसार पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । त्यस क्रममा जलविद्युत केन्द्रको सिस्नेरी स्थित टेलरेस आउटलेटबाट अधिकतम ६६ घनमिटर प्रतिसेकेन्ड पानी निस्किई उत्तरचढाव देखिने भएपछि आयोजनाले आईतवार एक सुचना जारी गर्दै तामाकोसी नदीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।  

पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दा तामाकोशी नदीको बहावमा अचानक बढ्ने र घट्ने भएकाले समयमै सचेत गराईएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update