सिंगटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले जिल्लाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिङटी बजारमा एमसीसी बिरुद्ध प्रदर्शन गरेको छ । एमसीसी खारेजी र पेट्रोलियम पदर्थको चर्को मुल्य वृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको हो ।
सिंगटी बजारमा निकालिएको र्याली बजारको परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेकपाका नेता आकाश शर्मा लगायतको नेताहरुले राष्टघाती एमसीसी खारेज नगरे जनताले बिद्रोह गर्ने र त्यसको नेतृत्वको नेकपाले गर्ने बताए । एमसीसी पास गर्न सहयोग गर्नेहरुलाई निषेध गर्ने चेतावनी पनि उनीहरुले दिए । सरकारले पेट्रोलियम पर्दाथको मुल्य वृद्धि फिर्ता नलिए सबै पेट्रोल पम्पहरुमा तालाबन्दी गर्ने नेकपाको चेतावनी छ ।
कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासङ्घको केन्द्रिय सदस्य जीत थामी, कर्ण थामी ,जय कुमार थामी, पदम बहादुर थामी लगायतले आ आफ्नो धारणा राखेका थिए ।