काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड यो वर्षको एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन गर्ने भएको छ । बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन गर्ने समयतालिका सार्वजानिक गरेको हो । एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वैशाख ९ गतेदेखि एसईई सञ्चालन गर्ने निर्णय भएको पुष्टि गरे ।
यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुनुपर्ने एसईई यो वर्ष ढिलाईगरी संचालन हुने भएको हो । परीक्षा २० वैशाखमा सकिने छ । बोर्डका अधिकारीहरुका अनुसार परीक्षाको विषयगत समयतालिका बिहीबार सार्वजनिक गरिनेछ ।
कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।