काठमाण्डौं - संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले अहिले आरोप प्रत्यारोप गर्ने समय नभएको बताएका छन् । सामाजिक संजालमार्फत मन्त्री भट्टराईले मुलुक संकटकालिन र बिषेश अवस्था रहेको भन्दै चुनावको जस्तो आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरेका हुन् ।
यो आम चुनावको प्रचार अभियान होइन, जहाँ एउटा पार्र्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप झै संचार माध्यममा छरपस्ट नहोऔ, आग्रह गर्दै उनले भनेका छन् । पार्टी भित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला नभएको भन्दै उनले धैर्य गर्न पनि अपिल गरेका छन् ।
सिंगो मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा राख्न नहुनेमा उनले जोड दिए । अहिलेको मुख्य प्राथमिकता आफु बाँच्ने र मानव जातीको रक्षा गर्ने भएको उनको भनाई छ ।
त्यसपछि कारवाहीको विषय ल्याउन आग्रह गर्दै नेकपा नेता समेत रहेका मन्त्री भट्टराईले भनेका छन्, नियतमा कुनै खोट छैन, असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला ।
उनको भनाई जस्ताको तस्तै :
यो सँकटकालीन र बिशेष अवस्था हो १. यो आम चुनावको प्रचार अभियान होइन । जहाँ एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप झै संचार माध्यममा छरपस्ट नहोऔ । २. यो पार्टी भित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला होईन । पार्टीको महाधिबेशन घोषणा भएको छैन् । समयलाई पर्खौ । ३. मानब जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखौ । ४. आफू बाचौं र मानव जातिको रक्षा गरौ । एकताबद्ध होऔ । जब ढुक्कसँग बाचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौला । नियतमा कुनै खोट छैन । असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला । |