चरिकोट - नेकपा एमाले दोलखाले चुनाव केन्द्रीत अभियानमा होमिने निर्णय गरेको छ । नवौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिको पहिलो पुर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै फागुन मसान्तसम्मको निर्वाचन लक्षित कार्ययोजना तय गरेको हो ।
सदरमुकाम चरिकोटमा यहि माघ २१ र २२ गते दुई दिनसम्म चलेको बैठकले टोल स्तरसम्म बैठक, भेला, प्रशिक्षण, पार्टी प्रवेश लगायतका जनपरिचालनका कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकको निर्णय सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नरबहादुर श्रेष्ठले पार्टी कमिटी र सम्पुर्ण जनसंगठनहरुलाई निर्वाचनमा केन्द्रीत गर्नेगरी कार्ययोजना बनाईएको र कार्यान्वयनका लागि निर्देशन दिईएको जानकारी दिए । अभियानका लागि बैठकले सुखमा नेकपा एमाले, दुखमा नेकपा एमाले, समृद्धीमा नेकपा एमाले जनजन मनमस्तिष्कमा नेकपा एमाले भन्ने नारा तय गरेको छ ।
पार्टी प्रवेश र परिचालन
बैठकले पार्टी प्रवेश कार्यक्रममा जोड दिँदै अभियानकै रुपमा संचालन गर्ने निर्णय गरेको छ । बैठककै बीचमा जनता समाजवादी दोलखाका सचिव सन्तोष राउतको नेतृत्वमा ठुलो समुह एमाले प्रवेश गरेको छ । पार्टी प्रवेश अभियान सबै कमिटी तहमा संचालन गर्ने बैठकको निर्णय छ ।
यसैगरी फागुन मसान्तसम्म पार्टी परिचालन अभियान अन्तर्गत नगर, गाउँपालिका तथा वडा कमिटीहरुको वैठक वस्ने, जिल्ला भरी तोकिएका टोल कमिटीहरु गठन गरिसक्ने, प्रत्येक स्थानीय तहमा पार्टी कार्यालय स्थापना गर्ने निर्णय भएको छ । पार्टी निर्माणमा जनतासँग विषयमा अन्तरकृया÷छलफल गर्ने, प्रत्येक जनवर्गीय संगठन सवै तह र वडाहरुसम्म गठन गरिसक्ने, संगठित सदस्यता अध्यावधिक गर्ने,, आत्मनिर्भर दोलखा अभियान सञ्चालन गर्ने निर्णय पनि एमालेले गरेको छ ।
जिम्मेवारी वाँडफाँड तथा मनोनयन
बैठकले विभाग र जनसंगठनमा जिम्मेवारी बाँडफाँड र मनोनयन गरेको छ । जसअन्तर्गत पार्टीको समग्र नेतृत्व तथा जनसंगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष नरबहादुर श्रेष्ठलाई दिईएको छ । प्रचार तथा प्रशारण विभाग प्रमुखमा उपाध्यक्ष राजेन्द्र मानन्धर, संगठन विभाग प्रमुखमा सचिव हिरा थोकर, अनेमसंघको इन्चार्जमा उपसचिव कमला वस्नेतलाई चयन गरिएको छ ।
यस्तै स्कुल विभाग प्रमुख धर्मेन्द्र मोक्तान, आर्थिक विभाग प्रमुख मुरारी शिवाकोटी, शिक्षा तथा मानव स्रोत विभाग प्रमुख शान्त केसी, नेपाल वुद्धिजीवि परिषद् विभाग प्रमुख रामप्रसाद सापकोटा, स्थानीय तह तथा भौतिक पूर्वाधार विभाग प्रमुख टंक जिरेल, सामाजिक सेवा विभाग प्रमुख टपिन्द्र खड्का, कानून विभाग प्रमुख विश्वराज भण्डारी, सहकारी ताथ गरिवी निवारण विभाग प्रमुखको जिम्मेवारी हेमन्त चौलागाईंलाई दिईएको छ ।
उद्योग तथा वाणिज्य विभाग प्रमुख शिवजी राउत, उपप्रमुखहरु श्यामसुन्दर शिवाकोटी र दिनेश वस्नेत, नेपाल खेलकूद महांसघ इन्चार्ज नेत्र मोक्तान, सहइन्चार्ज सज्जन लामा, उत्पीडित जातिय समाज इन्चार्ज कुमार लगुन, सह इन्चार्जहरु तेज खाती, प्रल्हाद लामिछाने, दोलखा काठमाडौं सम्पर्क मञ्च इन्चार्ज, गणेश शिवाकोटी, युवा तथा वातावरण विभाग प्रमुख राजेश श्रेष्ठ, उपप्रमुखहरु किशोर नेपाली, शान्त जिरेल, वन तथा वातावरण विभाग प्रमुख मनमाया जिरेल, उपप्रमुख पार्वती थापा, जलस्रोत, सिंचाई तथा उर्जा विभाग प्रमुखमा इश्वर न्यौपाने, खानेपानी तथा सरसफाई विभाग प्रमुख सीता केसी, कृषि तथा पशुपङ्क्षी विभाग प्रमुख तेज खाती, स्थास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा ध्रुव आचार्य चयन गरिएको छ ।
यस्तै राष्ट्रिय युवा संघ नेपाल इन्चार्ज महाराज गुरुङ र सह इन्चार्ज धिरज सुवेदी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इन्चार्ज शक्ति पाठक, विपद् व्यवस्थापन विभाग प्रमुख, सुन्दर कार्की, जनसांस्कृति मञ्च इन्चार्ज कुइसाङ रुम्बा, नेपाल लोकतान्त्रिक जनजाति महासंघ इन्चार्ज, छिरिङ वाङ्दे शेर्पा, सह इन्चार्जहरु टहल थामी, धनबहादुर थामी, पर्यटन प्रवद्र्धन विभाग प्रमुख हरि वली, सह इन्चार्जमा वासु श्रेष्ठ मनोनित भएका छन् ।
बैठकले जिल्ला सल्लाहाकार परिषद्मो संयोजकमा शंकरलाल श्रेष्ठ र सचिवमा शिवहरी थापा, जेष्ठ कम्युनिष्ट मञ्चको संयोजकमा रामदाश श्रेष्ठ सहसंयोजकमा धनबहादुर थामीलाई चयन गरेको छ ।
जिल्ला कमिटिमा १६ जना मनोनित
बैठकले विधान बमोजिम तथा एकिकरण प्रकृयाबाट आएका १६ जनालाई जिल्ला कमिटिमा मनोनयन गरेको छ । जसमा जिवसराज खड्का, ऋषिकेश उप्रेती, कमलराज खत्री, हेमन्त चौलागाईँ, धनवहादुर तामाङ, हरि ओली, छिरिङ वाङ्दे शेर्पा, सोम बम्जन, कुमार लगुन, दिपेन्द्र शिवाकोटी, गणेश प्रसाद शिवाकोटी, दुर्गाप्रसाद काफ्ले, हिरण्य बहादुर गुरुङ, निमा साङ्गे शेर्पा, सन्तोष राउत र दिनेश वस्नेत रहेका छन् ।
भूगोलतर्फ ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी पनि बैठकले टुंगो लगाएको छ । जस अनुसार भीमेश्वर नगरपालिका कमिटि इन्चार्ज नवीन लामा र सह इन्चार्ज कैलास श्रेष्ठ, जिरी नगरपालिका कमिटि इन्चार्ज गोपाल जिरेल र सह इन्चार्ज तेजबहादुर खड्का, कृष्णमाया बुढाथोकी, गौरीशङ्कर गाउँपालिका कमिटी इन्चार्ज स्वयमबहादुर खड्का र सह इन्चार्जः जेवि गुरुङ, झलक कार्की, वैत्यश्वर गाउँपालिका कमिटी इन्चार्ज ऋषिकेश उप्रेती र सह इन्चार्ज रेशम रिमाल, डबलबहादुर तामाङ, तामाकोसी गाउँपालिका कमिटी इन्चार्ज देवी शर्मा र सह इन्चार्जमा नवीन नेपाली, धिरज सुवेदी चयन भएको छ ।
यसैगरी मेलुङ गाउँपालिका कमिटी इन्चार्जः छत्रराज उप्रेती र सह इन्चार्जः गायत्री आचार्य, सोम बम्जन, शैलुङ गाउँपालिका कमिटी इन्चार्ज धनबहादुर तामाङ र सह इन्चार्ज इश्वर न्यौपाने, लालमाया योञ्जन, कालिञ्चोक गाउँपालिका कमिटी इन्चार्ज रोहितचन्द्र खड्का र सह इन्चार्ज लक्ष्मण थामी, गणेश प्रसाद शिवाकोटी, विगु गाउँपालिका कमिटी इन्चार्ज कुमार खड्का र सह इन्चार्जको जिम्मेवारी गोमा केसी र प्रवीण खड्कालाई दिईएएको छ ।
उक्त वैठकले दोलखा जिल्लाका सवै वडा संगठन कमिटीहरुमा पनि जिल्ला कमिटीका सदस्यहरुलाई इन्चार्ज तोकेर जिम्मेवारी पनि दिएको छ ।
जिल्ला कमिटीको पूर्ण बैठकलाई एमालेका पोलिटव्युरो सदस्य आनन्दप्रसाद पोखरेल, पोलिटव्युरो सदस्य पार्वत गुरुङ, केन्द्रीय कमिटी सदस्य तथा इन्चार्ज सरस्वति वस्नेत, केन्द्रीय कमिटी सदस्य रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, वागमती प्रदेश कमिटी सदस्यहरु कृष्ण भूजेल, इश्वरचन्द्र पोखरेल, डबल पाण्डे, भरत केसी लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।
बैठकमा निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले निर्वाचनको समिक्षा तथा सुझाव पेश गर्दै आ आफ्नो धारणा राखेका थिए ।