Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमालेको स्थानीय संगठन कमिटि नागरिकको उद्धार र राहातमा सक्रिय

चरिकोट । नेकपा एमाले शैलुङ गाउँपालिका ८ नम्बर वडा कमिटिको पहलमा बृद्धबृद्धा, एकल महिला तथा अपांगहरुलाई राहात सहयोग गरिएको छ । काठमाण्डौं वडा सम्पर्क मञ्च र विभिन्न समाजसेवीबाट आर्थिक सहयोग जुटाएर वडा कमिटिले न्यानो ज्याकेट, खाद्यन्न वितरणका साथै लकडाउनको समयमा काठमाण्डौंबाट नागरिकको उद्धार गरेको हो ।

यसबीचमा ३ सय १० जना वृद्धवृद्धा, एकल महिला र अपांगता भएका व्यक्तिहरुलाई न्यानो ज्याकेट प्रदान गरिएको नेकपा एमाले शैलुङ गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष मोहनसिंह तामाङले जानकारी दिए । उनका अनुसार वडा बाट काठमाण्डौं गएर बसेका ५० जना र गाउँमा रहेका ३६ जना एकल महिला, अपांगता भएका व्यक्ति र दिनदुखिहरुलाई नुन, दाल, चामल लगायतका खाद्यन्न बितरण गरिएको छ ।

वडा कमिटिकै पहलमा मेरुदण्डको समस्याका कारण थलिएका दुई पटक गरी ८७ हजार रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराईएको छ । मृगौला, क्यान्सर लगायत रोगबाट पीडित भएकाहरुलाई पनि सहयोग गरिएको स्थानीय एमाले नेताहरुले जानकारी दिएका छन् । 


लकडाउनको समयमा समेत एमाले वडा संगठन कमिटिको पहलमा १ लाख ५० हजार रुपैयाँ खर्च गरी स्थानीय नागरिकको काठमाण्डौंबाट उद्धार गरिएको थियो । गाउँमा अन्य दलको खासै भूमिका नरहेको तर नेकपा एमाले जनताको सेवामा निरन्तर सक्रियताका साथ लागिपरेको वडा अध्यक्ष तामांङले बताए । 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update