Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न आयोग तयार

बनेपा - निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचत गर्न तयार रहेको जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग रहेको जानकारी दिएका हुन् ।

काभ्रेको धुलिखेलमा जिल्ला निर्वाचन कार्यालयले गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने बताए ।  जनप्रतिनिधिको अवधि थप गर्ने व्यवस्था नभएका कारण वैशाखभित्र निर्वाचन गर्न आयोग गम्भीर रहेको उनले बताए । छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने जानकारी पनि उनले दिए । 

२०७९ फागुनभित्र प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको प्रमुख आयुक्त थपलियाको भनाई छ । 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update