Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
ग्रीसमा भएको दुर्घट्नामा दोलखाका एक सहित चार जना नेपालीको मृत्यु

काठमाण्डौं - मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चार जना नेपालीहरुको सनाखत भएको छ । उनीहरु गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा गाडी दुर्घटनामा परेका हुन् ।

मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् ।

ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा मृतकको फोटो राखेको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको हो । दुतावासका अधिकारीहरुका अनुसार शवलाई नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ । 

दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडीमा सवार थिए । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो । 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update