काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै संख्या ९ जना पुगेको हो । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक फेसबुज पेजमार्फत संक्रमितको पछिल्लो विवरण सार्वजानिक गरेको हो ।
मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । अन्य दुई जना भने २ जना बाहिरबाट आएका हुन् । सातौं संक्रमित नाताले धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । ३४ वर्षीया महिला, लम्की कैलालीका २१ वर्षीय पुरुष र कञ्चनपुरका ४१ वर्षिय पुरुषषमा संक्रमण देखिएको छ ।
उनीहरु केही समयअघि भारतको मुम्बई र उत्तराखण्डबाट आएका थिए । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ । स्वास्थय मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना पुष्टि भएपछि पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।